डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना « Khabarhub

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी तथा पूर्वमिस नेपाल उषा खड्गीले उजुरी गरेपछि तिमल्सिनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

अभद्र व्यवहार लगायतको कसुरमा उषाले पूर्वपति तिमल्सिनाविरुद्ध सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्।

तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकधम्की दिएको आरोपसहित खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि सोमबार प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर कुरा मिलाउन खोजेको थियो।  

छलफलबाट कुरो नमिलेपछि तिमिल्सिना पक्राउ परेका हुन्। अहिले जीपीलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खड्गी र तिमिल्सिनाको वैवाहिक सम्बन्ध २०७६ मै अनौपचारिक रुपमा तोडिएको थियो । वैवाहिक जीवनमा खटपट परेपछि दुवैजनाले डिभोर्स गरेका थिए ।

खड्गीले साताअघि मात्रै पूर्वपति तिमल्सिनासँग २५ प्रतिशत हिस्सा अंश मागेकी थिइन् । २०७९ जेठ २६ गते उषा र जीपीको सम्बन्ध विच्छेद भएको थियो ।

जीपीले सोही वर्ष मंसिर १९ मा दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भएको चार वर्षपछि उनीहरूको पारिवारिक विवाद पुनः सतहमा आएको थियो । 

उनले चैत १७ गते दिउँसो एकपछि अर्को गरी विवादका कुरालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी थिइन् । उषाले आफ्नो २५ प्रतिशत अंशको घर र छोराछोरीको हक अधिकारको माग गर्दै नयाँ सरकारसँग न्यायको अपेक्षा गरेकी थिइन् । पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै उनले फेसबुकमा लगातार स्टाटस लेखेकी थिइन् ।

उनको पहिलो स्टाटसमार्फत उनले लेखेकी थिइन्, ‘एकल आमा र मलाई आफूमाथि गर्व छ ।’ त्यस्तै दोस्रो स्टाटसमा लेखेकी थिइन्, ‘तिम्रो लोग्नेलाई सम्हाल्नुपर्‍यो । मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ । पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन अब यो एक्स भनाउँदोलाई । अति गर्‍यो मलाई साथीहरू ।’

अर्कै स्टाटसमा लेखेकी थिइन्, ‘आफू विवाह गरेर त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने । कोही आउँदा जाँदा जथाभाबी बोल्ने । मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भइसक्यो । अति भएर बोल्दै छु आज ।’

त्यसपछि उनले अदालतले आफूलाई जीपीको घर पनि अंशमा दिएको बताइन् । ‘त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने । मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो’, उनले भनेकी थिइन्।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : ५१ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा