रौतहटको एक सामुदायिक विद्यालयमा तोडफोड | Khabarhub Khabarhub

रौतहटको एक सामुदायिक विद्यालयमा तोडफोड


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गरुडास्थित एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ।

रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् ।

विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन ।

सात कक्षादेखि नौ कक्षासम्म कक्षा रजिस्ट्रारमा नाम तलमाथी गर्ने गरेको विद्यार्थीहरुले गुनासो छ। साथै समयमा कक्षा शुरु नहुँदा र शिक्षक शिक्षिका कक्षामा समयमा नआउँदा विद्यार्थीहरु मार्कामा परेको विद्यार्थीहरुले बताएका छन् । पढाइ लथालिङ्ग भएको भन्दै आक्रोशित विद्यार्थीले तिड्फोड गरेका हुन ।

त्यस्तै यस आर्थिक वर्ष पनि खाजाको पैसा ,छात्रवृत्तिको पैसा आएको तर अझैसम्म पनि पैसा बितरण गरेको छैन । सोही विद्यालयका प्रध्यनध्यापक रेनु गुप्तालाई समेत विद्यार्थीहरुले घेराउ गरेका थिए ।

विद्यालय ब्यपस्थापन समिति र प्रधानाध्यापक रेनु कुमारी गुप्ताको मिलोमतोमा छात्रवृत्ति लगायतमा आएको रकम बिल भर्पाई गरी पैसा निकालेको प्रमाण आफूहरुसँग रहेको भन्दै विद्यार्थीले आक्रोस पोखेका छन् ।

विद्यालयको कक्षा कोठाको तोडफोडले विद्यालयमा पाँच लाख भन्दा बढी क्षति पुगेको छ । सचेत गराउदा पनि आफुहरुको सुनुवाइ नभएपछि तोडफोड गर्नुपरेको विद्यार्थीहरुको भनाई छ ।

प्रमोद सहनीबाट

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : २८ बजे

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय