फुटसल कपको उपाधि बैंकर्स क्लबलाई « Khabarhub

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्बल धनगढी च्याम्पियन भएको हो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाइनल खेलमा बैंकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ गोलले पराजित गरेको हो ।

बैंकर्स क्लबले उपाधिसँगै २२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगिताको समापन समारोहमा सन्तती आइभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इञ्जिनियर राजन रानालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : ५२ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका