नेपाल एयरलाइन्सले पायो ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ « Khabarhub

नेपाल एयरलाइन्सले पायो ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।

‘एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पुर्‍याएबापत सोे सम्मान प्रदान गरेको हो । एशोसिएशनद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो सम्मान ग्रहण गरे ।

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्‍याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

४ सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट गरिन्छ ।

यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  २ : ४४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा