सुदूरपश्चिम प्रदेशमा छैनन् लैङ्गिकमैत्री शौचालय « Khabarhub

सुदूरपश्चिम प्रदेशमा छैनन् लैङ्गिकमैत्री शौचालय


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण नहुँदा समस्या हुने गरेको छ ।

यहाँका जिल्लामा भएका सार्वजनिक शौचालय लैङ्गिकमैत्री नभएको पाइएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तथा यहाँका अन्य पहाडी जिल्लाका सदरमुकाममा निर्माण गरिएका सार्वजनिक शौचालयमा पुरुष र महिला समावेश गरिएको भए पनि महिला समलिङ्गी, पुरुष समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीका लागि त्यस्ता सार्वजनिक शौचालय कुनै ठाउँमा निर्माण नभएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

‘लैङ्गिकमैत्री शौचालय भनेर केबल पुरुष र महिलालाई मात्र समावेश गरी निर्माण गरेका छन्, तर, थर्ड जेन्डर महिला र पुरुषका लागि भनेर छुट्टै किसिमका शौचालय अहिलेसम्म कुनै पनि ठाउँमा निर्माण भएका छैनन्,’ उनले भने ।

समलिङ्गीका लागि कस्तो शौचालय बनाउने भन्ने खबर तथा जानकारी नभएको र त्यस्तो विषयमा कुनै पनि सङ्घसंस्था र व्यक्तिबाट पनि आजसम्म आवाज नआएकाले लैङ्गिकमैत्री शौचालय निर्माण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय यस्ता वर्गलाई शौच गर्नमा समस्या हुने गरेको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय त्यस्ता वर्गलाई समस्या भएको छ, जो चाहेर पनि समाजमा भन्न सकिरहेका छैनन् ।”

देशका अन्य स्थानमा त्यस्ता लैङ्गिकमैत्री शौचालय बनेका भए पनि सुदूरपश्चिम प्रदेशमा लैङ्गिकमैत्री शौचालय निर्माण गर्नमा खासै कसैले चासो नदेखाएको सामुदायिक विकास मञ्च डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए। उनले सुदूरपश्चिम प्रदेशले पनि लैङ्गिकमैत्री शौचालय निर्माण गर्नुपर्नेमा जोड दिए ।

विसं २०६४ मा नेपालगञ्जलगायता पश्चिमी क्षेत्रमा लैङ्गिकमैत्री शौचालय निर्माण कार्यको थालनी गरिएको जानकारहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण गरिनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ३ : ३६ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप