हरेक महिला कुनै न कुनै रुपमा यौन हि‍ंसामा परेका हुन्छन्: श्रृङ्खला खतिवडा « Khabarhub

हरेक महिला कुनै न कुनै रुपमा यौन हि‍ंसामा परेका हुन्छन्: श्रृङ्खला खतिवडा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा – पूर्वमिस नेपाल शृङ्खला खतिवडाले महिलाहरू कुनै न कुनै समयमा यौन हिंसाको शिकार हुने गरेको बताएकी छिन् । उनले आफू बाल्यकालमा यौन हिंसाको शिकार हुनुपरेको समेत बताइन् ।

पोखरामा हालै सम्पन्न भएको नेपाल साहित्य महोत्सवको तेस्रो दिन ‘हामीले बाँच्न चाहेको नेपाल’ विषयमा बोल्दै उनले नेपालमा महिला हिंसा घटना हुने गरेको उल्लेख गरिन् ।

‘महिलाको जीवनमा कुनै न कुनै समय सेक्सुअल ह्यारासमेन्ट हुने गरेको छ, मैले पनि बाल्यकालमा यस्तै भोग्नुपरेको थियो, तर त्यो ह्यारासमेन्ट थियो भनेर पछि मात्र थाहा पाएँ,’ शृङ्खलाले भनिन्, ‘चाहे सार्वजनिक बसमा, या त स्कूल या आफन्तबाट नै किन नहोस्, कतै न कतै त हिंसा भएको हुन्छ ।’

शृङ्खलाले समाज बुझ्दै जाँदा हिंसा कसरी हुन्छ भन्ने बुझेको पनि बताइन् । ‘म चाहिँ आफूलाई भाग्यमानी ठान्छु किनकि, मैले परिवारमा यस्तो भोग्नु परेन,’ शृङ्खलाले भनिन् ।

उनले पुरुष र महिला भनी छुट्याइने प्रवृत्ति नै गलत भएको दाबी गरिन् । उनले भनिन्, ‘मलाई परिवारले छोरा र छोरीको भेदभावको महसुस नै गर्न दिनुभएन तर समाज बुझ्दै जाँदा थाहा भयो कि, यहाँ त छोरा र छोरीमा भेदभाव हुने रहेछ ।’

उनले ‘छोरी मान्छे भएर पनि’ भन्ने उक्तिले नै महिलाप्रति विभेद गरेको बताइन् । साथै अझै पनि नेपालमा पछि परेको बताइन् ।

‘नेपालमा निर्णायक तहमा महिला कम हुनुहुन्छ, अझै पनि पुरुष नै निर्णायक तहमा देख्न सक्छौँ,’ श्रृङ्खलाले भनिन्, ‘मैले देखेको नेपालमा महिलाहरु सशक्त भएको देख्न चाहन्छु ।’

उनले नेपाली समाज परिवर्तन हुनुपर्ने धारणा पनि राखिन् । उनले ६५ प्रतिशत युवा महिला भएको र महिला बिस्तारै सशक्त हुँदै गएको पनि बताइन् । भनिन्, ‘शायद १० वर्षअघिसम्म पनि अहिलेजस्तो महिलालाई खुलापन थिएन होला, हामीले केही परिवर्तन पाएका छौँ ।’

श्रृङ्खलाले भावी नेपाल भ्रष्टाचाररहित र समानता भएको देख्न चाहेकोमा जोड दिइन् । परिवार आर्थिक रुपमा बलियो हुनेहरु मात्र बलियो नभएर सबैले समानता पाउनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : २१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन