नेप्सेमा मंगलबार झिनो सुधार « Khabarhub

नेप्सेमा मंगलबार झिनो सुधार


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ ।

नेप्से सामान्य बढे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.५९, होटल १२.७५, वित्त ०.२५, उत्पादन ४.७५ विन्दुले घटेको छ । यस्तै व्यापार १५.८४, विकास बैंक ५.०३, जलविद्युत् ०.२९, निर्जीवन बीमा ३८.७५, अन्य २.२९, लघुवित्त ९.८८, जीवन बीमा ४६.५८ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ४६ लाख २८ हजार ६४३ बराबरको कारोवार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ५० लाख ७४ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड २२ लाख २४ हजार ५९४, नेपाल बैंक लिमिटेड रु एक करोड १४ लाख , एनआइसी एशिया बैंक रु एक करोड ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल फाइनान्स कम्पनीका शेयरधनीले ९.६८ प्रतिशतले कमाउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था ६.९२, स्पर्श लघुवित्त वित्तीय संस्था ५.०३, आशा लघुवित्त वित्तीय संस्था ४.२२, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.१८ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ३.९१ प्रतिशतले कमाएका छन् ।

यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.८९, नेपाल सेवा लघुवित्त ५.६८, आँखु खोला जलविद्युत् कम्पनी ४.८३, हिमालयन पावर पार्टनर ४.१९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.७५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ०८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा