सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित « Khabarhub

सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित भएका छन् ।

इलाम विकास समाजले मंगलबार एक कार्यक्रमको आयोजना गरी पदक बिजेता ५ इलामे खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा फुटबल टोलीका छिरिङ गुरुङ, उसुकी जुनी राई, महिला फुटबल टीमकी एन्जिला तुम्बाम्पो, भलिबलकी विनिता बुढाथोकी, बास्केटबलका विनय बुर्जालाई सम्मान गरिएको हो ।

सागमा छिरिङ फुटबलका स्वर्ण पदक प्राप्त खेलाडी हुन् । त्यस्तै जुनी उसुको स्वर्ण बिजेता खेलाडी हुन्।

इलाम विकास समाजको सम्मान कार्यक्रमलाई समाजसेवी डम्बर खड्काले प्रायोजन गरेका थिए । खड्काले स्वर्ण बिजेताका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ, रजत विजेताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ र कास्य बिजेताका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद सुबास नेम्बाङले पूर्वाधारको अभाव विनै नेपाली खेलाडीले ठूलो सफलता हात पारेको बताए ।

विगतमा इलामको ठूलो टुँडिखेलमा विभिन्न खेल खेलेको स्मरण गर्दै नेम्बाङले खेल क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री तथा खेलकुदमन्त्रीसँग आफूले कुरा राख्ने प्रतिबद्धता जनाए । उनले इलामे खेलाडीले पनि पदक जितेर देशको नाम उच्च राख्न खेलेको भूमिकाको चर्चा गरे ।

खेल क्षेत्रमा लागेका खेलाडीको क्षमता विकास तथा रोजगारीको अवस्था सिर्जनागर्न आफूले भूमिका खेल्ने बताए ।

पुरस्कार वितरण गर्दै समाजसेवी खड्काले खेलबाट देशको नाम राख्न सफल खेलाडीलाई बधाई तथा शुभकामना दिँदै खेलाडीलाई हौसला बढाउन सानो सहयोग गरेको बताए । उनले भने, ‘खेलाडीले इलामको मात्र होइन, देशको नाम उचो बनाएका छन् । हामीले सक्ने सहयोग जारी रहनेछ । खेलाडीको प्रोत्साहनका लागि सक्ने सहयोग जारी रहनेछ ।’

सम्मानित खेलाडीले आफूहरुले पुरस्कार पाएसँगै थप राम्रो गर्न जिम्मेवारी र चुनौती थपिएको बताएका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ३१ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ