राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र बिक्री शुरु « Khabarhub

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र बिक्री शुरु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु २० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ आजदेखि बिक्री शुरु गरेको छ ।

वार्षिक १० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा रु पाँच हजारदेखि बढीमा रु पाँच हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ३० बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष