कांग्रेसमा किचलो, गुटको जालोले पार्टी कमजोर « Khabarhub

कांग्रेसमा किचलो, गुटको जालोले पार्टी कमजोर


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै बेला मुलुकका हरेक महत्वपूर्ण निर्णयमा पहलिो भूमिकामा उभिने नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ ।

सत्ताको अनुभवी काग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ । तर, यतिबेला आफ्नो अनुभव देखाउन कांग्रेस चुकिरहेको छ । अहिले कांग्रेस आफ्नै आन्तरिक गुटगत राजनीतिको किचलोमा रहेको आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ ।

पार्टीको १३ औं महाधिवेशनका समयमा शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सभापति पदका लागि उम्मेदावरी दिएपछि कांग्रेसभित्र त्यसै बखत अर्को समूको नेतृत्व गर्दै नेता कृष्णप्रसाद सिटौलाले वैचारिक समूहका रुपमा तेस्रो धारको नेतृत्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

१३ औं महाधिवेशनबाटै कांग्रेसमा तीन समूह स्थापित भएका थिए । सभापति देउवा आफैको एउटा गुट छ । सो गुटका हस्तीहरुमा उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरणमहल र नेताहरु बालकृष्ण खाँड, रमेश लेखक लगायत छन् ।

यसैगरी, पौडेल समूहमा प्रकाशमान सिंह, डा. रामशरण महत, नवीन्द्रराज जोशी, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बढू, बलबहादुर केसी लगायत छन् ।  पूर्वमहामन्त्री सिटौला समुहतर्फ गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाइँ लगायत छन् ।

हाल आएर कांग्रेसभित्र कांग्रेसको इतिहाससँग जोडिएको कोइराला परिवारसमेत यतिबेला आफ्नो स्थानलार्य दरिलो बनाउन सक्रिय रुपमा देखिउको छ । कांग्रेसभि नेता डा. शेखर कोइरालाले आफ्नो भूमिकालाई यो समूशकाट अगाडि बढाउँदै लगिरहेका छन्।

उनीसँगै कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत देशका विभिन्न भागमा हुने कार्यक्रममा एउटै मालामा जोडिन पुगिरहेका छन् । उनीहरुलाई डा. मिनेन्द्र रिजाल, दीपक गिरी र दीपक खड्कालगायतको साथ रहँदै आएको छ ।

त्यस्तै आजको राजधानीले उपचार नपाएर सुत्केरीको मृत्यु शीर्षकमा कालिकोटको समाचार पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने विकट कालोकोट जिल्लास्थित नरहरीनाथ गाउँपालिका–७ दुधुल्लीकी २३ वर्षीय मिनाकुमारी शाहीको सुत्केरीपछि साल खड्केर लगातार रक्तश्राव भएपछि समयमै उपचार हुन नसक्दा उनको मृत्यु भएको हो ।

त्यस्तै पत्रिकाले सात महिनामा ५ खर्ब १५ अर्ब रेमिट्यान्स शीर्षकमा अर्को समाचार छापेको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयको चरम लापरबाही, किन हुँदैन कारबाही ? भन्ने समाचार पनि राजधानीले पहिलो पृष्ठमा छापेको छ । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भी प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहको पटकपटकको लापरबाहीले उनीहरुको कार्यसम्पादनमाथि पनि गम्भी आशंका सिर्जना गरिदिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५७ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र