विद्यार्थी तर्साउँदै मेडिकल कलेज, ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ « Khabarhub

विद्यार्थी तर्साउँदै मेडिकल कलेज, ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– आजको नयाँ पत्रिका दैनिकले गण्डकी मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच भएको विवाद र त्यसपछि सिर्जित अवस्थालाई मुख्य समाचारका रुपमा छापेको छ ।

कास्कीका सीडीओ भन्छन्– तत्काल कलजे शुरु नगरे अर्को कारबाही’ गरिनेछ । अदालतमा मुद्दा चल्ने निश्चित भएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले ताला खोले, तर विद्यार्थीसँग बदला लिन सञ्चालकले कलेजन नियमित गर्न मानेका छैनन् ।

त्यस्तै पत्रिकाले दुखद् संयोगः गण्डकी मेडिकल कलेजकै विद्यार्थी फेवातालमिा मृत भेटिएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

त्यस्तै प्रधानमन्त्रीको निर्देशनमा सतर्कता केन्द्र र शिक्षा मन्त्रालयद्वारा किस्ट मेडिकल कलेजमाथि छानविन थालिएको छ । प्रशासन र मेडिकल काउन्सिलमा उजुरी दिने विद्यार्थीलाई धम्की र प्रलोभन देखाइएको पनि समाचारमा उल्लेख छ ।

शिक्षा मन्त्रलयका सहसचिव डा. हरिप्रसाद लम्सालले भने ‘कलेजको अनुगमन ग¥यौं, कागजात सबै मागेका छौं ।’
त्यस्तै नयाँ पत्रिकाले ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । प्रयागपोखरीस्थित याशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो ।

जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग शुरु गरिएको हो ।

त्यस्तै पत्रिकाले ‘कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा’ शीर्षकमा सल्यानको समाचार छापेको छ । सल्यानको कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् ।

तर उनले दुई पटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् ।  ‘ खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन, मीन्नजारले भने, ‘ कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैप¥यो नि !’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ३१ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर