न्यूजिल्याण्ड मस्जिद आक्रमण : मृतकको सङ्ख्या ५० पुग्यो « Khabarhub

न्यूजिल्याण्ड मस्जिद आक्रमण : मृतकको सङ्ख्या ५० पुग्यो


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरका मस्जिदमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ ।

क्रिस्टचर्च शहरमा आक्रमण भएका मस्जिदमध्येको अल नूर मस्जिदमा थप एक जनाको शव भेटिएपछि मृतकको सङ्ख्या ५० पुगेको हो । यसअघि अधिकारीले क्रिस्टचर्च शहरका अल नूर नस्जिद तथा नजिकै रहेको लिनउड मस्जिदमा आक्रमण हुँदा ४९ जनाको ज्यान गएको जनाएका थिए ।

गोरा जातिको उग्रवादीले गराएको भनिएको आतंकवादी आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । यसैबीच किवी अधिकारीले आक्रमणमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउन शुरु गरेका छन् ।

मारिने सबै मुसलमान रहेको र इस्लाम धर्ममा मानिसको मृत्यु भएको २४ घण्टाभित्र अन्तिम संस्कार गरिसक्नुपर्ने परम्परा रहेपनि आक्रमणको अनुसन्धानका कारण मृतकको शव आफन्तलाई बुझाउन समय लागेको बताइएको छ ।

प्रधानमन्त्री जसिण्डा अर्डेनले मस्जिदमा भएका आक्रमणपछि अब खुल्ने मस्जिदहरुमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिने जनाएकी छिन् ।

एकजना अष्टे«लियन नागरिकले गत शुक्रबार क्रिस्टचर्च शहरका दुई मस्जिदभित्र पसेर प्रार्थानाका लागि भेला भएका मानिसहरुलाई लक्षित गरी जथाभावी गोली चलाएपछि न्यूजिल्याण्ड पूरै शोकमग्न छ ।

आक्रमणकारीले आक्रमणको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरेको थियो । आक्रमणलगत्तै प्रहरीले आक्रमणमा संलग्न रहेको भन्दै एक महिलासहित चार जनालाई पक्राउ गरेको भएपनि संदिग्ध आक्रमणकारीबाहेक अन्य तीनजनालाई रिहा गरेको छ । उनीहरुविरुद्ध पर्याप्त प्रमाण जुट्न नसकेकाले रिहा गरिएको बताइएको छ ।

यद्यपि संदिग्ध आक्रमणकारीविरुद्ध भने किवी अभियोजनकर्ताले कानूनी प्रक्रिया अघि बढाइसकेका छन् । शनिबार मात्रै आक्रमणकारीलाई अदालतमा हाजिर गराई उनीविरुद्ध हत्यासम्बन्धी अभियोग दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ४० बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी