भारतीय राजनीतिमा शुरु भयो ‘चौकीदार’ फण्डा, मोदीको नाम नै परिवर्तन ! « Khabarhub

भारतीय राजनीतिमा शुरु भयो ‘चौकीदार’ फण्डा, मोदीको नाम नै परिवर्तन !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आम निर्वाचन आउन लागेका बेला विभिन्न राजनीतिक फण्डाबाजी र अरु अनेक चर्तिकला भइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी बीजेपीले त्यस्तै फण्डा शुरु गरेको छ । आम निर्वाचनलाई ध्यानमा राखेर बीजेपीले ‘मैं भी चौकिदार’ अर्थात् म पनि चौकिदार भन्ने अभियान शुरु गरेको छ ।

आगामी अप्रिल ११ बाट शुरु हुन लागेको मतदान आउन तीन साताको समय बाँकी रहेका बेला चौकिदार शब्द भारतीय राजनीतिमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।
यही चौकिदार भन्ने शब्द आम आदमी पार्टीकी एकजना विधायक अलका लंबाले नेपालीलाई लक्षित गरी प्रयोग गरेपछि भारतीय राजनीतिमा निकै चर्चामा रहेको त्यो शब्द नेपालमा पनि चर्चित हुन पुगेको थियो ।

अलका लंबाले ट्विटमा ‘‘प्रिय भारतवासियों, कृपया इस बार प्रधानमंत्री चुनियेगा, चौकीदार तो हम नेपाल से भी मंगवा सकते हैं । नेपाल के चौकीदार चोर नहीं होते ।’’ अर्थात् प्रिय भारतवासीहरु, कृपया यसपाली प्रधानमन्त्री चुन्नुहोला, चौकिदार त हामी नेपालबाट समेत मगाउन सक्छौँ । नेपालका चौकिदार चोर हुँदैनन् । लंबाले नेपालबाट चौकिदार मगाउने र नेपालीहरु चौकिदार हुन्छन् भन्ने आशयको ट्विट गरेपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले आफ्नो ट्विट डिलिट गर्नु परेको थियो ।

चौकिदार शब्द चर्चित रहेकै बेला प्रधानमन्त्री नरेन्द्र मोदीसहित बीजेपीका अरु शीर्षस्थ नेताहरुले आफ्नो ट्विर हेण्डलमा आफ्नो नामको अगाडी चौकिदारको उपनाम झुण्ड्याएका छन् । यससँगै ट्विटर हेण्डलमा उनीहरुको नाम चौकिदार नरेन्द्र मोदी, चौकिदार अमित शाह, चौकिदार जेपी नड्डा, चौकिदार पियुस गोयल, चौकिदार स्मृती इरानी हुन पुगेको छ ।

चौकिदार अभियान अन्तर्गत अहिले सामाजिक सञ्जाल खासगरी ट्विटरमा #MainBhiChowkidar ह्यासट्याग अभियान शुरु भएको छ ।

चौकिदार अभियान अन्तर्गत नै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै आफू मुलुकको चौकिदार भएको र आफू राष्ट्रसेवाका लागि अटल भएर उभिएको उल्लेख गरेका छन् ।

उनले आफू एक्लै नभएको राष्ट्रमा विद्यमान भ्रष्टाचार र सामाजिक समस्याविरुद्ध लड्ने हरेक भारतीय चौकिदार भएको प्रधानमन्त्री मोदीको भनाइ छ । त्यसबाहेक उनले चौकिदार अभियानका लागि सामाजिक सञ्जालमा ३ मिनेट ४५ सेकेण्डको भिडियो समेत सार्वजनिक गरेका छन् ।

यता विपक्षी दल काँग्रेसले भने बीजेपीको फण्डालाई काउण्टर गर्नका लागि ‘चौकिदार चोर हैं’ अर्थात् चौकिदार चोर हुन् भन्ने अर्को फण्डा शुरु गरेको छ ।

सरकार तथा सत्तारुढ बीजेपी भ्रष्टाचार लगायत अनेक प्रकरणमा फसेका कारण आफूलाई चौकिदार भन्ने सरकारको विश्वास गर्न नसकिने भन्दै चौकिदार चोर हुन् भन्ने अभियान शुरु गरिएको काँग्रेसको तर्क छ ।

भारतीय राजनीतिमा चौकिदार भन्ने शब्द चाहिँ अघिल्लो आम निर्वाचनबाट शुरु भएको वा मूलधारमा आएको बताइन्छ । त्यसबेला नरेन्द्र मोदीले आफू मुलुकको प्रधानमन्त्री नभई प्रधान–चौकिदार भएर काम गर्ने जनाएका थिए । त्यसपछि चौकिदार भन्ने शब्द भारतीय राजनीतिको मूलधारमा आएको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  २ : ०४ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति