रिस्क लिएर ‘ड्रिम प्रोजेक्ट’ बनाउँदै दीपेन्द्र, हिँडेर अमेरिका जाने कथामा कलाकार खोज्दै « Khabarhub

रिस्क लिएर ‘ड्रिम प्रोजेक्ट’ बनाउँदै दीपेन्द्र, हिँडेर अमेरिका जाने कथामा कलाकार खोज्दै


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ बनाएपछि निर्देशक दीपेन्द्र के. खनाललाई जीवन्त फिल्म बनाउने निर्देशकका रुपमा पनि केही फिल्मकर्मीले अ‍र्थ्याए । दीपेन्द्र के. खनाल भने व्यावसायिक र कलात्मक दुवै खाले फिल्म निर्देशन गरिरहेका हुन्छन् ।

पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘चंगाचेट’ त्यस्तै मसालेदार व्यावसायिक फिल्म थियो ।

यतिबेला भने दीपेन्द्र आफ्नो ड्रिम प्रोजेक्टमा जुटेका छन् । निर्देशक खनालले आफू यतिबेला हिँडेर अमेरिका जाने कथामा फिल्मको स्किृप्ट लेखिरहेको बताए । यो उनको ड्रिम प्रोजेक्ट पनि हो । लगानीका हिसाबले मात्र होइन, मेकिङका हिसाबले पनि फिल्म बनाउन निकै गाह्रो हुने उनले सुनाए ।

‘अहिले फिल्मको स्किृप्ट लेखिरहेको छु, यही स्किृप्टका लागि धेरै मान्छे भेट्नुपर्‍यो, कथाको विषयका कारणले नै फिल्म लेखनमा पनि समय लाग्यो,’ निर्देशन खनालले खबरहबलाई सुनाए, ‘वास्तविक जीवनमा यात्रा जसरी हुन्छ, त्यसरी नै फिल्ममा अभिनय गर्ने कलाकार चाहिएको छ, ‘मेथड एक्टर’को खोजीमा छौँ हामी ।’

उनका अनुसार यो फिल्ममा कुनै स्टारडम बनाएका कलाकार हुने छैनन् । तर, फिल्ममा अभिनय गर्ने पात्र वास्तविक अभिनय गर्न शारीरिक र मानसिक रुपमा परिवर्तन भइरहनुपर्ने अवस्था आउँछ ।

फिल्म बनाउन भने निकै गाह्रो र उत्तिकै जोखिम देखिएको निर्देशक खनालले बताए । ‘फिल्मका लागि कलाकार त्यही अनुसार पाउनुपर्‍यो, म यही फिल्मका लागि आफूलाई सोहीअनुसार चेन्ज गर्छु भन्ने खालको हुनुप–यो ।’, उनले भने ।

‘यो फिल्मलाई म सक्दो वास्तविकता दिएर बनाउने प्रयासमा छु, जे हुन्छ, त्यही भोगाइ खिच्ने योजना छ, कोलम्बिया लगायतका केही देशका केही ठाउँमा खिच्न निकै जोखिम छ,’ दीपेन्द्रले भने, ‘अर्कातिर रुटभन्दा बाहिर गएर खिच्न मन छैन, फिल्म चाहिँ पक्का बन्छ ।’

दीपेन्द्र के. खनालको फेसबूकबाट

यो फिल्म निर्माण गर्दा उत्तिकै जोखिम पनि रहेको दीपेन्द्रले सुनाए । उनका अनुसार केही रुटमा यस्ता पनि ठाउँ छन्, जुन ठाउँहरु ‘ड्रग माफिया’ले कब्जा गरेका छन् ।

‘ड्रग माफियाले समाएर राख्न पनि सक्छ, रिस्क मोलेर बनाउने हो, अमेरिका जान खोज्ने उज्यालो पाटोको भित्र कालो पाटो पनि छ भनेर हामीले देखाउन खोजेका हौँ,’ दीपेन्द्रले थपे, ‘हिँडेर अमेरिका जान्छु भन्ने एउटा ठूलो वर्ग तम्तयार छ, उनीहरुका लागि एउटा म्यासेज पनि हुनेछ ।’

एउटा म्यासेज दिने खालको फिल्म बनाउन खोज्दा सरकार तथा विकास बोर्डले सहयोग गर्ला कि भन्ने झिनो आशा राखेको पनि उनले बताए । किनकि, यो क्षेत्र सुरक्षाका हिसाबले पनि उत्तिकै जोखिमपूर्ण छ ।

उनले यो फिल्म बनाउन समय लाग्ने तर राम्रो बनाउने दाबी गरे । साथै उनले फिल्मको नाम अझै तय नगरेको पनि बताए । उनले भने, ‘मिडियामा ‘हिँडेर अमेरिका’ भनेर फिल्मको नाम भनिएको छ, तर हामीले नाम अझै नाम गरेका छैनौँ ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : १७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर