चौथो महिनामा येल्लो भेष्ट प्रदर्शन, पेरिसमा हिंसा चर्कियो « Khabarhub

चौथो महिनामा येल्लो भेष्ट प्रदर्शन, पेरिसमा हिंसा चर्कियो


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा येल्लो (पहेँलो) भेष्ट प्रदर्शन चौथो महिनामा प्रवेश गरेसँगै थप हिंसात्मक बनेको छ । पछिल्लो चार महिनायता हरेक शनिबार येल्लो भेष्ट अर्थात् पहेँलो कमिज लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजधानी पेरिसका विभिन्न क्षेत्रमा तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पेरिसको बैंक टर्नेउडको एक शाखामा आगजनी गरेका बताइएको छ । आगजनीका क्रममा फसेका एक महिला तथा उनको शिशुलाई उद्धारकर्ताले उद्धार गरेका थिए । आगजनीबाट ११ जना सामान्य घाइते भएका छन् ।

त्यसबाहेक प्रदर्शनकारीले फ्रान्सको राष्ट्रपतीय कार्यालय शँलिजी दरबार नजिकै रहेको पसलमा तोडफेड गरेका छन् । प्रदर्शनकारी पेरिसका अन्य स्थानका पसलमा समेत लुटपाट मच्चाएका छन् ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली चलाएको जनाइएको छ । त्यसबाहेक प्रहरीले २ सय ४० भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले तेल र ग्याँसमा कर बढाउने निर्णय गरेपछि शुरु भएको प्रदर्शन पछिल्ला केही महिनायता आएर सामाजिक र जनजीविकाका विषयमा समेत केन्द्रित हुने गरेको छ । उनीहरुले राष्ट्रपति म्याक्रोंको राजीनामा समेत माग्ने गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : २४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि