खेलकुद मन्त्रीद्वारा एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी « Khabarhub

खेलकुद मन्त्रीद्वारा एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले २ वर्ष भित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आइतबार एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रीपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि दावी गरे ।

मन्त्री विश्वकर्माले प्रदेश ५ को नेपालगंज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारे  युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना पनि रहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ४ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल