सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली… « Khabarhub

सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– मधेसलाई टुक्र्याएर अलग्गै देश बनाउने भनेर पृथकतावादी गतिविधिमा सक्रिय भएका सीके राउतले पहिलोपटक आफू नेतृत्वको गठवन्धनमा राष्ट्रिय गान बजाएका छन् ।

आइतवार सिरहाको लहानमा बोलाइएको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान ‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…’ गाएर शुरु गरियो । परिषद बैठकको शुरुमै नेपाली भेषमा सजिएका पञ्चकन्याले राष्ट्रिय गान गाएका थिए ।

सरकारसँग भएको ११ बुँदे सम्झौता गर्दै राउत नेतृत्वको गठवन्धनले पृथकतावादी आन्दोलन परित्याग गर्ने घोषणा गरेको थियो । सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल गरेर आगामी रणनीति तयार गर्न आइतबार र सोमबारका लागि लहानमा परिषद बैठक बोलाइएको हो ।

परिषदमा सहभागी हुन सदस्यहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र बोकेर ल्याउन उर्दी जारी गरिएको थियो । परिषदको बैठक हलमा छिर्नका लागि नागरिकता परीक्षण गरेर मात्रै जानदिने व्यवस्था गरिएको जनाइएको छ ।

आइतवार शुरु भएको बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिका सदस्यसहित तराईंका सबै जिल्लाका जिल्ला संगठन सहयोजकहरु सहभागी छन् ।

परिषद वैठकलगत्तै गठवन्धनले विस्तारित बैठक समेत आह्वान गर्ने जनाइएको छ । त्यसपछि संयोजक राउत लगायत गठवन्धनका केन्द्रीय नेताहरुले भेटघाट कार्यक्रम शुरु गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ०२ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद