कर्मचारी पदपूर्ति नगर्न लोकसेवा आयोगलाई प्रदेश २ को पत्राचार « Khabarhub

कर्मचारी पदपूर्ति नगर्न लोकसेवा आयोगलाई प्रदेश २ को पत्राचार


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट कर्मचारी पदपूर्ति नगर्न पत्राचार गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार प्रष्ट  पार्दै प्रदेश २ का १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई पत्र पठाएका हुन्।

प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्रीले यस्तो आग्रह गरेका हुन्। संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी प्रदेशसभामा पेश भएको हो।

मुख्यमन्त्रीको सचिवालयले कर्मचारीका लागि विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको हो। नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेख छ।

त्यसैगरी धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र संचालन गर्न सक्ने व्यवस्था छ।

यस्तो छ पत्र

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : १९ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट