राप्रपाको विरोध अभियान, घरदैलोदेखि ब्यानर जलाउनेसम्म | Khabarhub Khabarhub

राप्रपाको विरोध अभियान, घरदैलोदेखि ब्यानर जलाउनेसम्म


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखेर आन्दोलन गरिरहेको राप्रपाले देशव्यापी घरदैलो अभियान चलाउने भएको छ। बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम तय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली यात्रा सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका माग राखेर एक घण्टे धर्ना पनि दिएको छ ।

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो अभियान घोषणा गरेको राप्रपाले बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ । राप्रपाले बैशाख ६ गतेको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने “टर्निङ्ग प्वाइन्ट” हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०४ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति