चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु | Khabarhub Khabarhub

चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सान्टियागो– ल्याटिन अमेरिकी मुलुक चिलीमा सानो विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

राजधानी सान्टियागोबाट १ हजार किलोमिटर दक्षिणमा रहेको पुर्टोमोन्ट शहरमा भएको दुर्घटनामा मारिनेमा एक चालक दलका सदस्य र ५ यात्रु रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमान शहरको आवसीय क्षेत्रमा रहेको एक घरमा ठोक्किन पुगेको थियो । विमान ठोक्किएसँगै उक्त घरमा आगो लागेको थियो । पछि अग्निनियन्त्रकले आगलागी नियन्त्रणमा लिएका थिए ।

दुर्घटनापछि भएको आगलागीबाट घरभित्र रहेकी एक महिला घाइते भएको र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीले जनाएका छन् ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २० बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर