चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सान्टियागो– ल्याटिन अमेरिकी मुलुक चिलीमा सानो विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

राजधानी सान्टियागोबाट १ हजार किलोमिटर दक्षिणमा रहेको पुर्टोमोन्ट शहरमा भएको दुर्घटनामा मारिनेमा एक चालक दलका सदस्य र ५ यात्रु रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमान शहरको आवसीय क्षेत्रमा रहेको एक घरमा ठोक्किन पुगेको थियो । विमान ठोक्किएसँगै उक्त घरमा आगो लागेको थियो । पछि अग्निनियन्त्रकले आगलागी नियन्त्रणमा लिएका थिए ।

दुर्घटनापछि भएको आगलागीबाट घरभित्र रहेकी एक महिला घाइते भएको र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीले जनाएका छन् ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै