हरिणको आक्रमणबाट १ जनाको मृत्यु, महिलाको आँखा फुट्यो « Khabarhub

हरिणको आक्रमणबाट १ जनाको मृत्यु, महिलाको आँखा फुट्यो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अष्ट्रेलियामा घरपालुवा हरिणको आक्रमणमा एक जनाको ज्यान गएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहबाट २ सय किलोमिटर टाढा रहेको वाङ्गाराटा भन्ने स्थानमा भएको घटनामा एक पुरुषको ज्यान गएको र उनकी श्रिमतीको आँखा फुटेको भिक्टोरिया राज्यका प्रहरीले जनाएको छ ।

बाह्रसिंगे र हरिणको क्रसबाट जन्मेको घरपालुवा हरिणले ती मानिस बाहिरबाट आफ्नो घरभित्र पस्नेबित्तिकै आक्रमण गरेको बताइएको छ । हरिणले आक्रमण गरिसकेपछि आफ्ना श्रीमान्नजिक पुगेकी उनकी श्रिमतीलाई पनि हरिणले आक्रमण गरी उनको आँखा फुटाइदिएको भिक्टोरिया राज्यका प्रहरीले जनाएको छ ।

दुबैलाई आक्रमण गरी घरको हाताभित्रै बसिरहेको अवस्थामा प्रहरीले गोली हानी हरिणलाई मारिदिएका थिए ।

समागमको समय रहेकाले हरिण आक्रमक भएको हुनसक्ने अधिकारीले जनाएका छन् । समागमको समयमा पोथी हरिणका लागि भाले हरिणहरु एक आपसमा लड्ने भएकाले हरिण आक्रमक हुने बताइएको छ ।

अस्ट्रेलियामा १९ औँ शताब्दीमा हरिण पु¥याइएको थियो । हाल भिक्टोरिया राज्यको जंगलमा १० लाख भन्दा धेरै जङ्गली हरिण रहेको बताइन्छ । त्यसबाहेक केही परिवारले हरिणलाई घरपालुवा जनावरको रुपमा समेत पाल्ने गरेका छन् ।

अस्ट्रेलियामा घरपालुवा हरिणको आक्रमणबाट कसैको मृत्यु हुने निकै दुर्लभ मानिन्छ । अस्ट्रेलियामा हरेक वर्ष घोडा र गाईको आक्रमणबाट दर्जनौं मानिसहरुको ज्यान जाने रेकर्ड रहेपनि हरिणको आक्रमणबाट मानिसको ज्यान गएको भने दशकपछि पहिलोपटक भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : १३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार