प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाको नाम अनुमोदन « Khabarhub

प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाको नाम अनुमोदन


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश कुमार थपलिया संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिले बुधबार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

समितिले बुधबार दिउँसो थपलियाको सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि समितिका सबै सदस्यको सर्वसम्मतिबाट थपलियाको नाम अनुमोदन भएको संसदीय सुनवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निर्वतमान सचिव थपलिया निजामति सेवाबाट निवृत्त भएको १ महिना पनि नपुग्दै निर्वाचन आयोगको प्रमुख आयुक्तमा अनुमोदन भएका हुन् ।

सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि थपलियाले प्रमुख निर्वाचन आयुक्तको पद्भार ग्रहण गर्नेछन् ।

संसदीय सुनुवाइ समितिले थपलियासँगै समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २३ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज