विस्थापितमाथि नै विपत्ति, हावाहुरीले छाप्रा उडायो « Khabarhub

विस्थापितमाथि नै विपत्ति, हावाहुरीले छाप्रा उडायो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे बगरका विस्थापितहरुको विचल्ली भएको छ । गएराति आएको हावहुरीले खाल्टे बगरमा बनाइएको घर टहरा भत्काएपछि उनीहरुको बिचल्ली भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी देवर्षि सापकोटाका अनुसार हावाहुरीले उत्तरगया गाउँपालिका–५ को खाल्टे बगरमा विस्थापित परिवारले निर्माण गरेका छाप्रा आवास क्षति पुर्‍याएको हो । नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार हावाहरीबाट १३ घरटहरा पूर्णरुपमा क्षति भएका छन् भने ३२ वटामा आंशिक क्षति भएको छ ।

विसं २०७२ को भूकम्पका कारण साबिक हाकु–८ र ९ वडाबाट गोगने, मैलुङ क्षेत्रबाट विस्थापित भई ती प्रभावित नागरिक खाल्टे बगरमा बस्दै आएकाले हुन् ।

तत्कालका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल पठाउने तयारी भइरहेको र अन्य थप व्यवस्था उत्तरगया गाउँपालिकाले गर्ने जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको