श्री ग्यास उद्योगलाई कारबाही | Khabarhub Khabarhub

श्री ग्यास उद्योगलाई कारबाही


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारबाही गरेको छ ।

विभागको टोलीले बुधबार निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारबाहीका लागि सिफारिश गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिए ।

‘विभागको मापदण्ड पूरा नगरेकाले तत्काल उत्पादनका लागि रोक लगाएका छौँ, आवश्यक सुधार नगरे प्रमाणपत्रसमेत रद्द गर्नेछौं’ । विभागले यसअघि पनि मापदण्ड पूरा नगरी सञ्चालन गर्ने विभिन्न किसिमका उद्योगलाई कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ४४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ