भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके | Khabarhub Khabarhub

भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुका पूर्व राष्ट्रपति अलान गार्सियाले आफ्नै कन्चटमा गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।  ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका हुन् ।

उनको हाल राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उपचारपछि उनलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भ्रष्टाचार प्रकरणमा मुछिएका गार्सियाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । यद्यपि उनलाई उक्त रकम घुस दिएको बारे भने ओडब्रेक्ट कम्पनीले स्वीकार गरिसकेको छ ।

यसै अभियोगमा उनलाई गिरफ्तार गर्न प्रहरी खटाइएको थियो । तर, प्रहरीले गिरफ्तार गर्ने बेला उनले आफूले आफैँलाई कन्चटमा गोली ठोकेका थिए । उनले आफूविरुद्ध लागेको भ्रष्टाचारको अभियोग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउँदै आएका छन् ।

उनी सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको जिम्मेवारीमा थिए । पेरुका अधिकांश जीवित पूर्व राष्ट्रपतिहरु कुनै न कुनै भ्रष्टाचार प्रकरणमा मुछिएको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ०४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण