आस्था राउत आयोजकबाट ठगिइन् ! « Khabarhub

आस्था राउत आयोजकबाट ठगिइन् !


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका आस्था राउत सामाजिक सञ्जालमा खरो बोल्ने सेलिब्रेटीमध्ये एक हुन् । संगीत क्षेत्रमा भएका विकृतिमाथि पनि टिप्पणी गर्ने राउतले अश्लील गीत नगाउने गरेकाले धेरै गीत ‘रिजेक्ट’ गरेकी छिन् ।

संगीत क्षेत्रमा विकृति भित्रिनुहुन्न भन्ने राउतले यतिबेला भने आफूले पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । केही दिनअघि मात्र सामाजिक सञ्जाल फेसबूकमा उनले वि.सं. २०७५ मा ‘विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पूरा पैसा नपाएको’ भन्दै स्टाटस लेखेकी थिइन् ।

उनको स्टाटस थियो, ‘२०७५ मा विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पूरा पैसा नदिने अर्गनाइजरहरुको नामहरु चाँडै पब्लिक हुँदै ।’

उनले यो स्टाटस लेखेको केही दिनमै फेरि सोही कुरालाई जोडेर सबैलाई राम्रो सोच्नु र विश्वास गर्नु गलत भएको बुझेको बताउँदै अर्को पोस्ट गरेकी छिन् ।

‘अहिलेसम्म सबै आयोजकहरुले स–सम्मान कार्यक्रमपछि पैसा दिएको नै हो, दुई/चार जानले गर्दा म सबैलाई नराम्रो भन्दिन र भन्ने पनि छैन, अब म झनै प्रोफेसनल हुनुपर्ने रहेछ भन्ने कुरा सिकेँ, सबैलाई राम्रो सोच्नु, विश्वास गर्नु गलत रहेछ,’ राउतले फेसबूकमा लेखेकी छिन्, ‘आफूले राम्रो सोच्यो, अँ है बिचरालाई समस्या भएछ, अलि पछि दिन्छ होला नि त भनेर बुझियो तर लास्टमा आएर मलाई नै धोका ।’

साथै उनले कलाकारले कर्म गरेको पैसा पाउनुपर्ने बताएकी छिन् । राउतका चौबन्दीमा पटुकी, खै त मलाई झुम्के बुलाकी लगायतका गीत हिट छन् । गायिका राउत पछिल्लो समय नेपाल र विदेशका विभिन्न कार्यक्रममा व्यस्त छिन् ।

आयोजकबाट समयमा पारिश्रमिक नपाउने गरेको गुनासो बेलाबेलामा अरु कलाकारले पनि गर्दै आइरहेका छन् ।

यस्तो छ आस्था राउतको स्टाटस:

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : ०७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि