एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार! « Khabarhub

एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार!


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ। नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ। विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो। एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ। उनी स्वदेश फर्किएपछि मात्र परीक्षा गर्ने गरी तालिका मिलाउन खोजिएको नयाँ पत्रिकामा खबर छ।

आगामी २७ जेठमा हुने परीक्षा पछि सार्नका लागि क्याम्पस प्रशासनले नै परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ। क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए। ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने।

अन्य केही विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन्। क्याम्पस प्रमुख पराजुलीलाई भेटेर उनीहरूले परीक्षा सार्दा सबै विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने बताएका थिए। बिएएलएलबीमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन्। देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ।

परीक्षानियन्त्रक पुष्पराज जोशीले भने परीक्षा नसर्ने बताएका छन् । परीक्षा सार्न आग्रह गरेको पत्र आइनपुगेको बताए । उनले भने, ‘पत्र आए पनि एक विद्यार्थीका लागि परीक्षाको तालिका सार्न सकिँदैन। दैवीप्रकोप र आकस्मिक घटनामा मात्रै परीक्षा सर्न सक्छ। त्रिविको क्यालेन्डरअनुसार परीक्षा तालिका आउँछ र तालिका आएपछि बिदा परे पनि परीक्षा सर्दैन। ‘

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ४९ बजे

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३