फेडेरर इटालीयन ओपनको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

फेडेरर इटालीयन ओपनको क्वाटरफाइनलमा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व वरियतामा तेस्रो स्थानका स्वीस खेलाडी रोजर फेडेरर इटालियन ओपन टेनिसको क्वाटरफाइनल प्रवेश गरेका छन् । बिहिबार राति भएको तेस्रो चरणको खेलमा बोर्ना कोरीचलाई पराजित गर्दै फेडेररले क्वाटरफाइनल यात्रा सुरक्षित गरेका हुन् ।

कोरीचविरुद्ध जीत निकालेका उनले २–६,६–४ र ७–६ (९–७) को सेटमा पराजित गरेका हुन् । सन् २०१६ पछि फेडेररले यो प्रतियोगिता पहिलो पटक खेलेका हुन् ।

बिहीबार क्वाटरफाइनलमा स्थान बनाएका फेडेररले क्वाटरफाइनलमा स्टेफानोस स्टिपाससंग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, स्पेनिस राफायल नाडाल र सर्बियाका नोभाक जोकोभिकले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । नाडालले जर्जियाका निकोलोजलाई ६–१ र ६–० को सेटमा पराजित गरे । अब नाडालले स्पेनकै फर्नान्डो भर्डासकोसंग खेल्ने छन् ।

त्यस्तै विश्व नम्बर एक रहेका जोकोभिकले जर्मनीका फिलिप कोल्श्राइबरलाई ६–३ र ६–० को सेटमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ९ : २२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’