एकता प्रक्रियामा कुनै विलम्ब हुँदैन : प्रधानमन्त्री ओली « Khabarhub

एकता प्रक्रियामा कुनै विलम्ब हुँदैन : प्रधानमन्त्री ओली


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हीत, राष्ट्रियता र लोकतन्त्रको सुदृढ विकासका लागि सरकार लागि परेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने बताए । उनले भने ‘लोककल्याणकारी हीत सोचेर, स्वास्थ्य शिक्षाका क्षेत्रको कसरी विकास गर्न सकिन्छ भन्ने धेयका साथ सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्रीले पार्टीको एकता पनि चाँडै टुंगिने बताए । केही विषयमा टुंगिन बाँकी रहेको भन्दै उनले अब केहि दिनमै सबै प्रक्रिया सकिने प्रतिबद्धता जनाए ।

आफूहरु एउटा महान अभियान र आन्दोलनमा रहेको भन्दै यो अभियानको विरोध गर्नेलाई काम गरेरै जवाफ दिने बताए । उनले भने, ‘हामी एउटा महान अभियानमा छौं । एउटा महान आन्दोलनमा छौं । केहि शक्तिले जनताको अभियान, जनताको प्रगति देख्न चाहाँदैनन् । उनीहरु त्यस्तालाई भत्काउन चाहान्छन । त्यसको जवाफ काम गरेर दिनेछौं ।’

सरकारले जनताको गाँसबास र कपासको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने योजनालाई समेटेर विभिन्न ३१ बुँदालाई मौलिक हकका रुपमा व्यवस्था गरेको भन्दै अब कोहि पनि भोकै बस्नुपर्ने अवस्था नआउने बताए । उनले भने, ‘हामी निरपेक्ष गरीबि हटाउने छौं । त्यसका लागि रोजगारीको व्यवस्था कसरी सिर्जना गर्न सकिन्छ । कृषिको आधुनिककीकरण, उद्योगको स्थापना र विकास कसरी हुन्छ ? पर्यटन क्षेत्रको विकास गरेर नेपाली अर्थतन्त्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौं।’

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ९ : ५३ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक