चिया मजदुरका समस्या समाधान गर्न मन्त्री विष्ट इलाम पुगे « Khabarhub

चिया मजदुरका समस्या समाधान गर्न मन्त्री विष्ट इलाम पुगे


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरको समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट शुक्रबार इलाम पुगेका छन् ।
गत चैत १७ गते श्रम ऐनमा तोकिएअनुसारको तलब र अन्य सुविधाको माग गदै चिया बगानमा काम गर्ने मजदुर आन्दोलन छन् । शुक्रबार विहान इलाम पुगेका मन्त्री विष्टले कन्याम चिया बगानका मजदुरसँग उनीहरुका समस्या र मागका बारेमा जानकारी लिएका थिए ।
अन्दोलनरत मजदुरले आफना समस्याका बारेमा मन्त्रीलाई विस्तृत जानकारी गराएपछि मन्त्री विष्टले श्रम ऐनअनुसार पारिश्रमिक नदिन कोही पनि व्यवसायीलाई सरकारले छुट नदिने आवश्वान दिएको कन्याम चिया बगानमा काम गर्ने मजदुर सरोज दाहालले जानकारी दिए ।
श्रम मन्त्री विष्टले सवै मजदुरका माग श्रम मन्त्रालय पुरा पर्ने आन्दोलनरत मजदुरसँगको भेटमा बताएको उनको भनाइ छ ।
मन्त्री विष्ट र चिया व्यवसायीबिच पनि आजै छलफल भएको थियो । मन्त्री विष्टसँग भएको छलफल पछि चिया व्यवसायीले श्रमिकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक साउन १ गतेदेखि सबै चिया बगानमा लागू गर्ने, श्रम ऐन पुर्णरुपमा लागू गर्ने तयार भएका छन् ।
चिया बगानका मजदुर न्यूनतम पारिश्रमिक पाउने सहमति भएपछि आइतबारदेखि पुर्वका सवै चिया बगानका मजदुर आन्दोलन छोडेर काम फर्किने सहमति भएको छ ।

 

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन