भारतीयले नेपालीलाई लखेटी–लखेटी कुटे, पाँच नेपाली घाइते | Khabarhub Khabarhub

भारतीयले नेपालीलाई लखेटी–लखेटी कुटे, पाँच नेपाली घाइते


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहसँग बाटो बारे सोधपुछ गरेका थिए । तर उनले गलत बाटो देखाए । तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।
सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उनले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए ।

सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ४६ बजे

प्रधानमन्त्रीले रास्वपालाई भने- संवैधानिक अधिकार प्रयोग गर्छु साथ दिनुहोस्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका मन्त्रीहरूलाई आफूले संविधान अनुसार

यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू)

ललितपुर- उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

काठमाडौं– नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात

विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत

काठमाडौं– विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री मुकुल