प्रधानमन्त्री रोजगार कार्यक्रम– प्रदेश र स्थानीय तहसँग सम्झौता हुँदै « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– प्रदेश र स्थानीय तहसँग सम्झौता हुँदै


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्न सरकारले प्रदेश र स्थानीय तहका सरकारसँग त्रिपक्षीय समझदारी गर्ने भएको छ ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन तथा कार्यक्रमप्रति प्रदेश र स्थानीय तहको अपनत्व महसुस गराउन समझदारी गर्ने लागिएको कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

समझदारी गर्न सातै प्रदेशमा विभिन्न चरणमा कार्यक्रमको आयोजना समेत गरिएको छ । श्रम मन्त्रालयले सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई पत्राचारमार्फत जानकारी पनि गराएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का स्थानीय तहको आगामी जेठ ४ र ५ गते विराटनगर, प्रदेश २ को जेठ ५ र ६ गते जनकपुर, प्रदेश ३ को जेठ १० र ११ गते काठमाण्डौ, गण्डकी प्रदेशको जेठ १२ र १३ गते पोखराका स्थानिय र प्रदेश सरकारसँग समझदारी हुने मिति तय गरेको छ । यसैगरि प्रदेश ५ को जेठ ८ र ९ गते बुटवल, कर्णाली प्रदेशको जेठ ६ र ७ गते सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको जेठ ४ र ५ गते धनगढीमा समझदारी हुँदछ ।

सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमअन्तर्गत हरेक आर्थिक वर्षमा बेरोजगार व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी दिइने र रोजगारी दिन नसके निवाह भत्ता दिने भएको छ । कार्यक्रम कार्यान्वयनका सिलसिलामा कुनै प्रकारको समस्या नआहोस भनेर श्रम मन्त्रालय, सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहबीच प्रदेशगत रुपमा त्रिपक्षीय समझदारी गर्ने भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : ११ बजे

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त