मेक्सिकोमा पत्रकारको हत्या, बार अगाडि फेला पर्‍यो शव « Khabarhub

मेक्सिकोमा पत्रकारको हत्या, बार अगाडि फेला पर्‍यो शव


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मेक्सिकोमा एकजना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको क्विन्टाना रु राज्यको प्लाया डेल कारमेन शहरको पर्यटकीय क्षेत्रमा स्थानीय पत्रकार फ्रान्सिस्को रोमेरोको हत्या भएको हो ।

उनको शव गोली लागेको अवस्थामा एक बार अगाडि फेला परेको स्थानीय अधिकारीले जनाएका छन् ।

उनी अपराधसम्बन्धी रिपोर्टिङ गर्ने गरेको जनाइएको छ । यसअघि उनले आफू अपहरणमा परेको र आफ्नो ज्यान खतरामा रहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उनको हत्यामा कुन समूहको हात छ भन्ने हालसम्म स्पष्ट नभए पनि त्यहाँ लागूऔषध तस्कर ग्याङ्गका सदस्यहरुले पत्रकारहरुको हत्या गर्दै आएका छन् ।

मेक्सिको विश्वमै सबैभन्दा धेरै पत्रकारहरुको हत्या हुने मुलुकको सूचीमा आउने गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले