ताइवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता | Khabarhub Khabarhub

ताइवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवान-ताइवानको संसद्ले एशियामै पहिलोपटक समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको छ ।

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विषयमा तीन विधेयकहरु प्रस्ताव गरिएकोमा सबैभन्दा प्रगतिशील विधेयकलाई ६६ काविरुद्ध २७ मतबाट पारित गरिएको बताइएको छ । यसअनुसार समलिङ्गीले विवाहपछि अर्कैले जन्म दिएका छोराछोरी पाल्न समेत सक्नेछन् ।

यो विधेयकलाई राष्ट्रपति साई इन वेङले हस्ताक्षार गरेपछि औपचारिक रुपमा कानून लागू हुनेछ ।

यसअघि सन् २०१७ मा त्यहाँको सर्वोच्च अदालतले समलिङ्गीलाई पनि विवाह गर्ने अधिकार रहेको भन्दै सरकारलाई समलिङ्गी विवाहलाई कानूनी मान्यता दिनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेशको म्याद मे २४ मा सकिनुअगावै ताइवानले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको हो ।

संसद्ले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएपछि ठूलो सङ्ख्यामा समलिङ्गी तथा समलिङ्गी अधिकारकर्मी संसद् भवन अगाडि भेला भएर खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ५१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी