ताइवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता « Khabarhub

ताइवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवान-ताइवानको संसद्ले एशियामै पहिलोपटक समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको छ ।

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विषयमा तीन विधेयकहरु प्रस्ताव गरिएकोमा सबैभन्दा प्रगतिशील विधेयकलाई ६६ काविरुद्ध २७ मतबाट पारित गरिएको बताइएको छ । यसअनुसार समलिङ्गीले विवाहपछि अर्कैले जन्म दिएका छोराछोरी पाल्न समेत सक्नेछन् ।

यो विधेयकलाई राष्ट्रपति साई इन वेङले हस्ताक्षार गरेपछि औपचारिक रुपमा कानून लागू हुनेछ ।

यसअघि सन् २०१७ मा त्यहाँको सर्वोच्च अदालतले समलिङ्गीलाई पनि विवाह गर्ने अधिकार रहेको भन्दै सरकारलाई समलिङ्गी विवाहलाई कानूनी मान्यता दिनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेशको म्याद मे २४ मा सकिनुअगावै ताइवानले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको हो ।

संसद्ले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएपछि ठूलो सङ्ख्यामा समलिङ्गी तथा समलिङ्गी अधिकारकर्मी संसद् भवन अगाडि भेला भएर खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ५१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले