दुई महिने शिशुको हत्या अभियोगमा आमा पक्राउ | Khabarhub Khabarhub

दुई महिने शिशुको हत्या अभियोगमा आमा पक्राउ


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रवार आज शिशुकीआमालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जुनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जुनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : ४२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।