रवी लामिछाने र निकिताको नगरकोटमा बिहे, पाहुनालाई होटलमा राख्न कार्डमा नै राखियो कोठा नम्बर « Khabarhub

रवी लामिछाने र निकिताको नगरकोटमा बिहे, पाहुनालाई होटलमा राख्न कार्डमा नै राखियो कोठा नम्बर


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डकी पूर्व अध्यक्षसमेत रहेकी निकिता पौडेल र पत्रकार रवी लामिछानेले परम्परागत विवाहको कार्यक्रम आजको लागि तय भएको छ ।

पत्रकार लामिछानेसँग यसअघि नै कानूनी विवाह गरिसकेकी पौडेलको आज परम्परागत रुपमा विवाह तय भएको थियो  । गत माघ सात गते कानूनी रुपमा विवाह गरेका लामिछाने र पौडलले यसअघि नै वैशाखमा परम्परागत विवाह गर्ने बताएका थिए ।

उनीहरुको विवाह नगरकोटको होटल मिस्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा तय भएको हो । विवाहको कार्यक्रम साँझ पाँच बजेबाट शुरु भएको छ । अतिथिलाई होटलमा बस्ने र भोलि (शनिवार)  ब्रेकफास्टको समेत व्ववस्था गरिएको छ । बिवाह कार्यक्रममा बोलाइएका पाहुनाका लागि वस्ने कोठा नम्बर समेत विवाहको कार्डमा नै उल्लेख गरिएको छ ।

निकितासँग कानूनी विवाह गर्नुपूर्व पत्रकार लामिछानेले पत्नी इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए । निकिता पनि पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

पत्रकार लामिछानेसँग कानूनी विवाह गरेपछि पौडेलले चलचित्र विकास बोर्डको अध्यक्षबाट माघ २२ गते राजीनामा दिएकी थिइन् । व्यक्तिगत जीवनमा व्यस्त हुनेपर्ने भएका कारण आफूले बोर्डबाट राजीनामा दिएको उनले बताएकी थिइन् । कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि आफूले समय दिने उनले राजीनामा पत्रमा उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : २६ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन