कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती ! « Khabarhub

कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती !


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको नयाँ पत्रिका दैनिकले सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता तर, निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले शीर्षकको समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइराला निवास पुगे ।

काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरुले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए ।

कांग्रेसको उद्गम थलो भन्दै उनीहरुले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरुलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे ।

तर त्यहाँ पुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइराला निवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ताा सरकारले भर्खरै हटाएकोमा उनीहरु रुष्ट बनेका थिए ।

अस्थाको धरोहर बेचियो

कांग्रेस कार्यकर्ता कोइराला निवसालाई आस्थाको धरोहर तीस्र्थस्थल मान्छन् । तर, कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेका छन् ।

सुरुमा कोइरालानिवास दुई बिघाजति जमिनमा फैलिएको थियो । कृष्णप्रसाद कोइरालाका पाँच छोरामध्ये मातृकाप्रसादले आफ्नो अंश पहिल्यै लिइसकेका थिए । विश्वेश्वर, केशवप्रसाद, तारणीप्रसाद र गिरिजाप्रसादको अंशमा ८–८ कट्ठा पाएका थिए ।

तिनका सन्तानले जग्गा बेच्दै गएका छन् भने बेचिएका जग्गामा ठुल्ठूला घरहरु बन्न थालेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : २१ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि