लागुऔष बोकेका दुई युवतीसहित ६ जना पक्राउ « Khabarhub

लागुऔष बोकेका दुई युवतीसहित ६ जना पक्राउ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–लागुऔषधसहित बेनीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।

उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् ।

यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : २४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल