लागुऔष बोकेका दुई युवतीसहित ६ जना पक्राउ « Khabarhub

लागुऔष बोकेका दुई युवतीसहित ६ जना पक्राउ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–लागुऔषधसहित बेनीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।

उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् ।

यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : २४ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना