ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारीसाधन कारवाहीमा | Khabarhub Khabarhub

ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारीसाधन कारवाहीमा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् ।

साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरेर रु ३६ लाख ७० हजार राजश्व सङ्कलन गरेको छ ।

नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

ट्रक/टिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए । यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ०१ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार