यस्तो छ आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर (भिडियो)


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र शिल्पा मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘सानो मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुयोग गुरुङले निर्देशन गरेको यो ट्रेलरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा आकर्षक लाग्छ । लभस्टोरीलाई व्यावसायिक बनाउन खोजिएको फिल्मको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको समेत अभिनय रहेको यो फिल्ममा ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । यस्तै फिल्ममा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् भने फिल्मलाई आलोक शुक्लाको छायांकन देख्न सकिन्छ ।

थाइल्याण्डको पतायामा समेत छायांकन गरिएको यो फिल्म नेपालमा भैरहवा, काठमाडौं लगायतका स्थानमा खिचिएको हो । योगेश गुरुङ‌‌, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेको फिल्मले असार २० गतेलाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ४० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत