यस्तो छ आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर (भिडियो)


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र शिल्पा मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘सानो मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुयोग गुरुङले निर्देशन गरेको यो ट्रेलरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा आकर्षक लाग्छ । लभस्टोरीलाई व्यावसायिक बनाउन खोजिएको फिल्मको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको समेत अभिनय रहेको यो फिल्ममा ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । यस्तै फिल्ममा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् भने फिल्मलाई आलोक शुक्लाको छायांकन देख्न सकिन्छ ।

थाइल्याण्डको पतायामा समेत छायांकन गरिएको यो फिल्म नेपालमा भैरहवा, काठमाडौं लगायतका स्थानमा खिचिएको हो । योगेश गुरुङ‌‌, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेको फिल्मले असार २० गतेलाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ४० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका