ओशोका वाणी– तपाईंको जिन्दगी समस्या हैन, सुन्दर उपहार हो « Khabarhub

ओशोका वाणी– तपाईंको जिन्दगी समस्या हैन, सुन्दर उपहार हो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आध्यात्मिक क्षेत्रमा चर्चित नाम हो– गुरु ओशो । भारतको मध्यप्रदेशस्थित कचवाडमा जन्मिएका गुरु ओशो वाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका थिए । उनी दर्शन शास्त्रमा विशेष रुची राख्थे ।

उनले आफ्नो जीवनकालमा १ लाख ५० हजार किताब पढेको पनि भन्ने गरिन्छ ।  उनको मृत्यु सन् १९९० जनवरी १९ मा भयो ।

आज हामीले  तिनै दार्शनिक तथा आध्यात्मिक गुरु ओशोका केही भनाइहरु यहाँ उल्लेख गरेका छौं, जुन तपाईंको जीवन परिवर्तनका लागि ‘प्रेरक वाणी’ बन्न सक्छन् ।

– सामान्यभन्दा सामान्य कुराहरुमा जिउने बानी भनेकै तपाईंका लागि सबैभन्दा ठूलो सम्पत्ति हो ।

– तपाईंको आत्माको सबैभन्दा ठूलो रोग भनेकै गम्भीरता हो र निरोग चाहिँ चञ्चलता हो ।

– तपाईं यो बुझ्नुस् कि प्रेम भनेको एउटा पंक्षी हो । यसलाई स्वतन्त्र उड्न दिनुपर्छ, जसलाई फैलिनको लागि पूरा आकाशको आवश्यकता पर्दछ ।

– यो कुरा याद राख्नुहोस् कि तपाईं जे सोच्नुहुन्छ त्यही नै बन्नुहुन्छ ।

– कुनैपनि स्त्रीलाई अरु केही सँग तुलना नगर्नुहोस्, किनकि उनी इश्वरले बनाएको विश्वको सुन्दर र उत्कृष्ट कृति हुन् ।

– तपाईं यो कुरा पनि विचार गर्नुस् कि हरेक मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ ।

– तपाईंलाई कसैसँग पनि कुनै किसिमको प्रतिस्पर्धाको आवश्यकता पर्दैन, तर तपाईं स्वयममा जिउन सिक्नुपर्छ । त्यो नै तपाईंको सहि निर्णय हुनेछ ।

– मूर्ख मान्छे सधैं अरुप्रति लक्षित भएर हाँस्छ, तर बुद्धिमान मान्छे स्वयं आफैमा हाँस्छ ।

– यो कुरा ध्यान दिनुहोस् की तपाईंलाई सत्यसँग परिचित हुनु छ भने कुनै कुरा गर्दा हो र होइन भन्नेमा निर्धक्क विचार राख्नुहोस् ।

– सधैं एउटा कुरमामा विचार गर्नुहोस् कि तपाईंको जिन्दगी तपाईंका लागि कुनैपनि हालतमा समस्या हुँदै होइन यो त एउटा सुन्दर उपहार हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ११ : ४७ बजे

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको