गुठी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक « Khabarhub

गुठी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।

विधेयकको विषयमा विरोध प्रदर्शन चर्किदै गएपछि प्रधानमन्त्रीले कमजोरी सच्याउने प्रतिवद्धता जनाइसकेका छन् ।

साताव्यापी युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका ओलीले सोमबार विहानैदेखि विधेयकका विषयमा परामर्श लिन शुरु गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याइने बताएका थिए ।

प्रधानमन्त्री ओलीले विधेयकका विवादित विषयलाई सच्याउने सन्दर्भमा कानून मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको कानून महाशाखाका सचिव तथा अन्य अधिकारीसँग पनि परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीले विधेयकमा समावेश भएका विषय र विरोधका क्रममा भइरहेका आन्दोलनबारे छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई बोलाएका हुन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १ : ५६ बजे

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको