हङकङमा जारी आन्दोलनलाई निरन्तरता दिइने घोषणा « Khabarhub

हङकङमा जारी आन्दोलनलाई निरन्तरता दिइने घोषणा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१४ मा भएको छाता आन्दोलनको नेतृत्व गरेका हङकङका राजनीतिक अभियानकर्मी जोशुवा वङ मुक्त भएसँगै उनले हाल विवादास्पद सुपुर्दगी कानूनको विरोधमा भएको आन्दोलनमा साथ दिने घोषणा गरेका छन् ।
सन् २०१४ मा लोकतन्त्रको समर्थनमा भएको छाता आन्दोलनको नेतृत्व गरेका २२ वर्षे युवा नेता वङ अदालतको मानहानी गरेको अभियोगमा ५ साताको कारावास सजाय भोगेर सोमबार मुक्त भएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिसहरु सहभागी थिए ।

जेलबाट मुक्त भएपछि वङले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा तथा विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने विषयमा जारी अभियानमा सहभायी हुने घोषणा गरेका हुन् ।

यसैसाता सुपुर्दगी विधेयकको विरोधमा भएको प्रदर्शनपछि शनिबार चीनसमर्थित प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

प्रदर्शनकारीले उक्त विधेयकलाई पूर्ण रुपमा नै फिर्ता लिनुपर्ने तथा प्रमुख कार्यकारी लामले राजीनामा दिनुपर्ने भन्दै आइतबार प्रदर्शनलाई निरन्तरता दिएका थिए । आइतबारको प्रदर्शनपछि प्रमुख कार्यकारी लामले पुनः माफी मागेकी थिइन् ।

यद्यपि माफी मागेर सार्वजनिक गरिएको उनको विज्ञप्तिमा राजीनामा वा विधेयकलाई पूर्ण रुपमा फिर्ता हुनुपर्ने विपक्षीको मागबारे केही उल्लेख थिएन ।

नयाँ सुपुर्दगी कानून लागू भएमा त्यसले हङकङवासीको मानवअधिकार तथा स्वतन्त्रतामाथि हनन् हुने भन्दै अघिल्लो साता आयोजना गरिएको विशाल प्रदर्शन हिंसात्मक बन्दा एकको ज्यान गएको थियो भने अन्य ७० जनाभन्दा धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ३१ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित