केकीले शेयर गरिन् बालापनको तस्वीर, फ्यानले भने - ‘ब्युटीफूल' | Khabarhub Khabarhub

केकीले शेयर गरिन् बालापनको तस्वीर, फ्यानले भने – ‘ब्युटीफूल’


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त अभिनेत्री केकी अधिकारी अभिनयका हिसाबले चर्चामा रहने नायिकामा पर्छिन् । उनका हातमा खासै फिल्म छैनन् । तर, केकीलाई म्युजिक भिडियोमा भने निरन्तर देख्न पाइएको हुन्छ ।

यसैबीच केकीले फ्यानसँग आफ्नो बच्चा बेलाको तस्वीर शेयर गरेकी छिन् । उनले उक्त तस्वीर शेयर गर्दै लेखेकी छिन् – सानी म ।

गुलाबी रंगको पोशाकमा सजिएकी केकीको उक्त तस्वीर देखेर फ्यानले खुबै प्रतिक्रिया दिएका छन् । कतिपयले उनी निकै सुन्दरी रहेको भन्दै कमेन्ट गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबूकमा ८ सयभन्दा बढी कमेन्ट गरेका छन् ।

उनको तस्वीरमा धेरैजस्तो फ्यानले लेखेका छन्, ‘ब्युटीफूल तस्वीर ।’

एक प्रयोगकर्ताले केकीको तारिफ गर्दै लेखेका छन्, ‘तपाईं सानैदेखि फोटोजेनिक हुनुहुँदो रहेछ,’ अर्का एक फ्यानले प्रतिक्रिया छोडेका छन्, ‘इमान्दार सुन्दर केकी, कसलाई थाहा थियो, यो सानी नानी सुपरस्टार हुनेछिन् भन्ने ।’

रुपको तारिफ पाउने केकी बेलाबेलामा आफ्ना विचार अभिव्यक्तिका कारण पनि चर्चामा रहने गर्छिन् । कैयन् फ्यानले उनको अभिनयसँगै बोल्डनेसको पनि चर्चा गर्ने गर्छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ३९ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ