इङ्ग्ल्यान्डका रोयले विश्वकपका २ खेल गुमाउने « Khabarhub

इङ्ग्ल्यान्डका रोयले विश्वकपका २ खेल गुमाउने


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै जसन रोयले आराम पाएका छन् ।

ह्यामस्ट्रिङले सताएपछि उनी २ खेलमा अनुपस्थित हुने पक्का भएको छ । रोयले मंगलबार हुने अफगानिस्तानविरुद्धको खेल र शुक्रबार हुने श्रीलंकाविरुद्धको खेल गुमानेछन् ।

उनले यसअघि इङ्ग्ल्यान्डका लागि बंगलादेशविरुद्ध जीत निकाल्दा उत्कृष्ट ब्याटिङ गर्दै शतकसहित १ सय ५३ रन बनाएका थिए । यस्तै, दक्षिण अफ्रिकाविरुद्ध जीत निकाल्दा पनि रोयले ५४ रनको योगदान टोलीलाई दिएका थिए ।

मंगलबार अफगानिस्तानसँग खेल्न लागेको इङ्ग्ल्यान्डको टोली भने तयार रहेको कप्तान इयोन मोर्गनले बताएका छन् । प्री म्याच कन्फ्रेन्समा बोल्दै उनले रोयलाई मैदानमा मिस गर्ने बताए पनि अफगानिस्तानविरुद्ध खेल्न टिम तयार रहेको बताएका छन् ।

इङ्ग्ल्यान्ड ४ खेलबाट ६ अंक बनाउँदै अंक तालिकाको चौथौ स्थानमा छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : १९ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले