गुठी विधेयकबारे मन्त्रिपरिषदले ‘आवश्यक निर्णय’ लिने | Khabarhub Khabarhub

गुठी विधेयकबारे मन्त्रिपरिषदले ‘आवश्यक निर्णय’ लिने


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका काठमाडौं उपत्यकाका प्रतिनिधिसभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सोमबार परामर्श गरी सो सम्बन्धमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सो विधेयकको सम्बन्धमा आवश्यक निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाउने जानकारी दिएको नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । परामर्शका क्रममा सांसदहरुले जनमत थेग्न नसक्ने उल्लेख गर्दै सो विधेयक फिर्ता लिन पनि प्रधानमन्त्री ओलीलाई दवाव दिएका थिए ।

नेकपाका सांसद रामवीर मानन्धरले जनमत थेग्न सक्ने अवस्था नरहेकाले सो विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको जानकारी दिए । भक्तपुरका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो विधेयकलाई सरोकारवालाहरुसँग थप छलफल गरी समृद्ध बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको बताए ।

उनले मंगलबारसम्ममा प्रधानमन्त्री ओलीले सो विषयमा आवश्यक निर्णय लिने जानकारी दिएको पनि बताए । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्के लगत्तै सो विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ८ : ०८ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल