आणविक सम्झौताको महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा « Khabarhub

आणविक सम्झौताको महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले सन् २०१५ मा भएको आणविक सम्झौताको महत्वपूर्ण बुँदाबाट पछि हट्दै सम्झौताद्वारा निर्धारित आणविक पदार्थको मौज्दातको सीमा उल्लङ्घन गर्ने घोषणा गरेको छ ।

इरानद्वारा सोमबार जारी घोषणाअनुसार आगामी १० दिनपछि इरानको प्रशोधित युरेनियम तथा हेभी वाटर नामक पदार्थको मौज्दात सन् २०१५ को सम्झौताले तोकेको सीमा भन्दा धेरै हुनेछ । इरानका आणविक निकायले आफ्नो मुलुकले आणविक प्रशोधनलाई ४ गुणा बढाएको समेत जनाएको छ ।

सन् २०१५ मा इरान र विश्व शक्ति राष्ट्रहरुबीच भएको सम्झौताले इरानमा प्रशोधित युरेनियमको मौज्दातको सीमा ३०० किलोग्राम तथा हेभी वाटरको सीमा १३० टन निर्धारण गरेको थियो । इरानको आणविक निकायका प्रवक्तले टेलिभिजन प्रसारणमार्फत गरेको घोषणा अनुसार आणविक पदार्थको मौज्दातले उक्त सीमा नाघ्ने मितिको उल्टोगन्ती शुरु भएको र यो १० दिनपछि पूरा हुने जनाएका छन् ।

यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको उक्त सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गर्दै इरानमाथि एक पछि अर्को गरी नाकाबन्दी लगाएका थिए । अमेरिकी नाकाबन्दीपछि इरानका राष्ट्रपति हसन रौहानीले युरोपेली मुलुकहरुलाई अमेरिकी नाकाबन्दीका कारण आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्ने प्रयास नगरेको भन्दै आणविक सम्झौताको केही बुँदाबाट पछि हट्ने भन्दै ६० दिनको म्याद दिएका थिए ।

इरानले अझै पनि युरोपेली मुलुकहरुलाई उक्त आणविक सम्झौतालाई जोगाउने प्रयास गर्न आह्वान गरेको छ । यद्यपि बेलायत, फ्रान्स तथा जर्मनीले भने इरानले एकतर्फी रुपमा उक्त सम्झौता उल्लङ्घन गरे इरानविरुद्ध युरोपेली मुलुकहरुले पनि थप नाकाबन्दी लगाउन सक्ने चेतावनी जारी गरेका छन् ।

पछिल्लो समय फारसको खाडीमा तेल बोकेका ट्यांकरलाई लक्षित गरी भएको आक्रमणका घटना सार्वजनिक भएपछि मध्यपूर्वमा तनाव चुलिरहेका बेला इरानको पछिल्लो घोषणा आएको हो । अमेरिकासहित अमेरिकी साझेदार मुलुकहरुले केही दिनअघि ओमनको खाडीमा तेल बोकेका ट्यांकरलाई लक्षित गरी भएको आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदै आएका छन् भने इरानले यस्तो आरोपको खण्डन गरेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ५६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको