भारतीय क्रिकेटर ध्वनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा | Khabarhub Khabarhub

भारतीय क्रिकेटर ध्वनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिकेट प्रेमीका लागि महेन्द्र सिंह धोनी अपरिचित नाम हैन । उनले भारतीय टीमको कम्तानी सम्हाल्दा विश्व चर्चित भए । यो सबैले जानेको र बुझेको विषय हो। तर, तिनै धोनी ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पनि सफल भएका छन् भन्ने विषय सबैलाई ख्याल नहुन सक्छ ।

पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का हो ।

पूर्व भारतीय कप्तान सचिन तेन्दुलकर, राहुल द्रविड र सौरव गांगुली पछि भारतका लागि सर्वाधिक रन जोड्ने कप्तानको रेकर्ड धोनीकै नाममा छ । क्रिकेटमा तीन वटै विधामा बनाएको उनको रन सबै भन्दा बढी छ ।

त्यस्तै धोनीले श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा छक्का प्रहार गर्दै २८ वर्ष पछि भारतलाई उपाधि दिलाएका थिए । धोनीले फाइनल खेलमा छक्का हानेको ब्याट दुनियाको सबै भन्दा महँगो ब्याट बनेको छ ।

भारतको एक कम्पनी आर के ग्लोबल एन्ड सेकुरिटी लिमिटेडले धोनीको उक्त ब्याटलाई किन्नका लागि लाखौ डलर खर्चेको थियो । जहाँ कम्पनीले उक्त ब्याटका लागि १ लाख ६१ हजार २९५ डलरको बोली लगाएको थियो । यती महंगो ब्याट बिक्री भएका करण धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा राखिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०३ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई