कस्ता व्यक्तिका हातमा फिटिक्कै पैसा टिक्दैन « Khabarhub

कस्ता व्यक्तिका हातमा फिटिक्कै पैसा टिक्दैन


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तपाईलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ । यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् ।

तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् ।

यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन । बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ४३ बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई