दान गर्नाले यसरी चम्कन्छ भाग्य « Khabarhub

दान गर्नाले यसरी चम्कन्छ भाग्य


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अरुका लागि परोपकारी काम गर्नु नै दान गर्नु हो । दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ। यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ।

गरुड पुराणका अनुसार अन्न, पानी, कपडा, आसन यी ४ बस्तुको दान वर्षमा एक दुई पटक गर्न जरुरी छ। यी ४ कुरा दान गर्दा लामो समयसम्म फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।

जो व्यक्तिले पत्नी, पुत्र एवम् परिवारलाई दुख बनाएर दान गर्छ भने त्यो व्यक्तिले पुण्य प्राप्त नगर्ने शास्त्रमा उल्लेख छ। दान सबैलाई प्रसन्न गरेर गर्न आवश्यक छ।

सहयोगको आवश्यकता परेका व्यक्तिको घरमा गएर गरेको दान सबै भन्दा राम्रो मानिने गरिन्छ। सहयोगको आवश्यक परेका व्यक्तिलाई घरमै बोलाएर दिएको दानले मध्यम फल प्राप्त गर्ने शास्त्रमा उल्लेख छ।

यदी कोही व्यक्तिले गाई दान गर्ने तथा ब्राहमणलाई विभिन्न बस्तु दान गर्छ भने त्यस्ता व्यक्तिलाई दान गर्न रोक्न हुँदैन। दान गर्न रोक्ने व्यक्ति पापको भागेदार बन्ने शास्त्रमा उल्लेख छ।

तिल, कुश, जल र चामल यी बस्तु हातमा लिएर दिन आवश्यक छ। अन्यथा उक्त दान दैत्यको प्राप्त हुने विश्वास छ।

दान दिने व्यक्ति पूर्व दिशा र लिने व्यक्ति उत्तर दिशामा हुन आवश्यक छ। यस्तो गर्दा दान दिने व्यक्तिको आयु बढ्ने तथा दान लिने व्यक्तिको आयु कम नहुने विश्वास गरिन्छ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ४३ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा